
पोखरा भ्यूज
४ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठ नेपालको ३१ औं प्रधानन्यायाधीश बनेका छन् ।
श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो । उनी करिब साढे १४ महिना प्रधानन्यायाधीश भई ६५ वर्षे उमेर हदले २० असोज २०८१ मा अवकाश हुनेछन् । यसअभि १८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
श्रेष्ठले संसदीय सुनुवाइ समितिमा जिल्ला र उच्च अदालतमा यो वर्षभित्र दुई वर्ष नाघेका सबै मुद्दा फर्स्योट गरिने बताए । उनले पुराना बक्यौता मुद्दा घटाउने अभियानलाई निरन्तरता दिने बताए । अनि मुद्दाहरूको प्रकृति, विषयवस्तु, जटिलता हेरी आवश्यक परेमा शीघ्र सुनुवाइको व्यवस्थापन गर्ने बताए ।











