2Shares

पोखरा भ्यूज

पर्वत, १० असोज लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन जोन अन्तर्गत पर्बतमा क्रियाशिल तीन वटा लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम बुधवार एकैसाथ सम्पन्न भएको । कुस्मामा क्रियाशिल क्लबहरू लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, भूमिकोट, गुप्तेश्वर मोदीको पदस्थापन क्लिफ रिसोर्टमा सम्पन्न भएको हो

पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले तीन वटै क्लबका अध्यक्ष एवं क्लब पदाधिकारीलाई पदस्थापन गराएका थिए गभर्नर केसीले लायन्स क्लब अफ पर्वत गुप्तेश्वरद्वारा स्पोन्सर गरिएको नयाँ क्लब सारथीको ब्यानर उद्घाटन गरेका थिए सारथीको अध्यक्षमा अनिता सापकोटा रहेकी छन्

कार्यक्रममा डिष्ट्रिक्टका द्वित्तिय भाईस गभर्नर पार्वती खरेल पाण्डेले  तीन वटै क्लबका नयाँ सदस्य  भर्खर खोलिएको क्लब सारथीका पदाधिकारीलाई लायनवादको बारेमा जानकारी गराउदै सपथ गराएकी थिईन्

कार्यक्रममा तीन वटै क्लबका लायन बर्ष २०२२/२३ का अध्यक्षहरु लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, भूमिकोट, गुप्तेश्वर मोदीका अध्यक्ष क्रमशः कल्पना शर्मा अधिकारी,  ज्ञानेन्द्र कुमार जोशी र कृष्णबहादुर मल्लले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गर्दै उत्कृष्ट कार्य गर्ने क्लबका सदस्यहरूलाई सम्मान समेत गरेका थिए भने लायन बर्ष २०२३/२४ का अध्यक्षहरू क्रमशः ड़ासीराम अधिकारी, तेजेन्द्र सुवेदी यमबहादुर मेधासी भर्खर मात्र उद्घाटन गरिएको क्लब सारथीका संस्थापक अध्यक्ष अनिता सापकोटाले कार्यकाल सुरू भएपछि हालसम्म सम्पादन गरिएका कार्य भावी कार्यक्रम प्रस्तुत गरेका थिए

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले आफ्नो कार्यकालमा अगाडी सारिएको स्लोगन इन्सपाएर टु लिडनेतृत्वका लागि उत्प्रेरित गरौँभन्ने नारालाई सफल बनाउन समेत क्लब पदाधिकारीलाई आग्रह गरे  । लिडर लिडरशिप फरक विषय रहेको बताउदै केसीले नेतृत्व मानव जातीमा भएको गुण हो, यो सबैले प्राप्त गर्न सक्दैन, जुन व्यक्तिलाई यस्तो गुण प्राप्त हुन्छ, त्यस्ता व्यक्तिले मात्र आफ्ना मातहतका व्यक्तिहरुलाई कुशलताका साथ नेतृत्व प्रदान गर्न सक्ने उनको भनाई रहेको थियो । 
पदस्थापन समारोहका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्सालले पर्बतमा लायन क्लबहरुले धेरै सामाजीक काममा अग्रसरता हासिल गरेको भन्दै आगामि दिनहरुमा पनि यस्तै उदारणिय कार्य गर्न क्लबलाई आग्रह गरेका थिए । सामाजिक क्षेत्रमा काम गर्ने अभियानमा लायन्स सधैअगाडि रहेको बताउदै लम्सालले समस्याबाट नभाग्न आग्रह गरेका थिए । 

विशिष्ट अतिथि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन सिबि चन्दले सामाजिक क्षेत्रमा लाग्ने विश्वको सबैभन्दा ठूलो संस्था लायन्स क्लब रहेको बताउदै खुला मनले सहयोग गर्न आग्रह गर्दै लायनवाद भनेको आत्मीयता भएको भनाई समेत राखेका थिए

लायन्स क्लब अफ पर्वत भूमेकोटका २०२२/२३ का अध्यक्ष ज्ञानेन्द्र कुमार जोशी २०२३/२४ का अध्यक्ष डासीराम अधिकारीले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले गतबर्षका अध्यक्षलाई बधाई सहित धन्यवाद दिदैं बर्ष २०२३/२४ का अध्यक्षहरूलाई उत्कृष्ट कार्यकालको लागि शुभकामना प्रदान गरेका थिए

लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका सचिव आशिष पौडेलले संचालनमा रहेको कार्यक्रममा गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिओम् शर्मा लामिछाने, प्रथम उपाध्यक्ष धनराज बि पौडेल लगाएतले आफ्ना भनाईव्यक्त गरेका थिए

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected