पोखरा भ्यूज
पोखरा, १२ असोज । मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सचेचनामूलक कार्यक्रम गरी पोखरामा मुटु रोग दिवस मनाइएको छ । मुटु दिवसकै सन्दर्भ पारी स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रा. लि. र टाईगर ग्रुप अफ पोखरा नेपालको संयुक्त आयोजनामा सुक्रवार सचेतना मूलक कार्यक्रम गरी मुटु दिवस मनाईएको हो ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य, प्रदेश सरकारका सचिव, पालिका प्रमुख लगाएत विभिन्न संघ संस्थाको सहभागितामा पोखरा–६, हल्लन चोक देखि अम्बट फिस्टेल गेटसम्म सचेतना मूलक र्रयाली गरी कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले व्यस्त जीवनशैली र खानपानका कारण आज हामी मुटुरोगको सम्भावित जोखिममा छौं, त्यस्का लागि स्वस्थ खानपान, आराम तथा व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्न सकिने बताए । तर, यसका लागि जनचेतना पनि आवश्यक भएको समेत उनले सुनाए । मुटुरोग लाग्नाको कारण उच्चरक्तचाप, उच्च कोलेस्टोर, धुम्रपान, मधुमेह (सुगर), तौलको असन्तुलन, ब्यामको कमी, मद्यपान लगाएत रहेको डा. देवकोटाले बताए ।
आयोजक संस्था चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेलले पोखरामा चरकले मुटुसम्बन्धी सेवा प्रदान गर्दै आएको बताए ।
टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम टाईगर ग्रुपका महासचिव एवं गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले संचालन गरेका थिए ।

