27Shares

पोखरा भ्यूज

पोखरा । ३३ ओैं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकहरू मध्ये २ जनालाई नगर पिता र नगर माताको सम्मान प्रदान गरेको छ ।

पोखरा महानगरपालिका—२६ का १०३ वर्षीय प्रजापति पोखरेललाई महानगर पिता र पोखरा ७ निवासी १०६ वर्षीय इन्द्रकला गौतमलाई महानगर माताको सम्मान प्रदान गरिएको हो । गौतमलाई उपप्रमुख मञ्जुदेवि गुरुङ र वडा नं ७ का अध्यक्ष राममोहन आचार्य तथा प्रजापतिलाई पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सम्मान गरेका थिए । उनीहरूलाई नगद सहित सम्मान गरिएको सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले बताईन् ।

गौतम महानगरपालिकाकी सर्वाधिक उमेरकी ज्येष्ठ नागरिक घोषित भएकी छन् । महानगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नगरबासी मध्ये २ जनालाई महानगर माता र पीता घोषणा सहित सम्मान गर्ने गर्दछ ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected