4Shares

पोखरा भ्यूज

मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेशसरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन्

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेरकागवेनी पुन निर्माण गर्नेछउनले भने बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार स्थानीयसरकारको सहकार्यमा सबैको सामुयिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज छिटो हुने उनले बताए यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेकोछउनले भने

IMG_3113.jpeg

प्राकृतिक विपत्तीसँग हामीले जुध्न सक्दैनौँ तर यसबाट शिक्षा लिएर अबको पुन निर्माणमा ध्यान दिनुपर्छ  क्षतीग्रस्त मुस्ताङको कागवेनी क्षेत्रको निरीक्षण गर्दै उनले भने कागवेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिकतथा ब्यक्तिगत संरचनाहरु, गुम्बा, धर्मशाला लगायतको मुख्यमन्त्री पाण्डले स्थलगत निरीक्षण गरेका थिए

बिगतका वर्षभन्दा यस वर्ष गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ लगायत उच्च हिमाली जिल्लामा योजना बजेटलाई वृद्धी गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आवश्यकता धेरै, प्रदेशको स्रोत साधन थोरै हुँदा सबै अपेक्षाएकै पटक पुरा गर्न नसकिएको बताए प्राथमिकताका आधारमा तपाईहरुले छुट्याएका योजना क्रमस प्रदेशसरकारले पुरा गर्दै जानेछउनले भने

IMG_3111.jpeg

पुन निर्माणकालागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको बताउँदै स्थलगत निरीक्षणमा मुख्यमन्त्रीसहभागी भएको भन्दै बिस्थापित, प्रभावित, जनप्रतिनिधि लगायत स्थानीयले धन्यवाद दिएका थिए साउन २८गते बाढी आएलगत्तै हेलिकप्टरमा स्थलगत निरीक्षण गर्न आउने तयारी रद्ध गरी मुख्यमन्त्री पाण्डेले हेलिकप्टरभाडामा तिर्ने पैसा कागवेनीको उद्धार राहतमा पठाएको तत्कालिन समयमा सदनमा समेत जानकारी गराएकाथिए

बाढीलगत्तै कागवेनीको उद्धार राहतकालागि गण्डकी प्रदेश सरकारले अवरुद्ध सडक खुलाएर इन्धन ढुवानी, टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराएको थियो   क्षतीको पूर्ण विवरण जिल्लाबाट प्रदेश आएपछिथप आर्थिक सहयोगपनि पठाईने मुख्यमन्त्री पाण्डेले बताए

बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत, खानेपानीको व्यवस्थापनमा प्रदेश सरकारले तत्काल सहयोग गरेको थियो बस्तीको दायाँबायाँ तटबन्धन गरिदिन स्थानीयले माग गरेका छन् प्रदेश सरकारले तटबन्धनकालागिपनिसहयोग गर्ने जनाएको

निरीक्षणमा मुख्यमन्त्री पाण्डे, मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु बिकलशेरचन, नाम्डु गुरुङ, बिमला गौचना, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकाटा, गण्डकीप्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समिति, स्थानीय तहका जनप्रतिनिधि लगायतकोउपस्थिती थियो

IMG_3110.jpeg

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected