101Shares
काठमाडौँ । गायक भरत लिमेल मगरले ‘तिम्रै मोया छ’ बोलको गीत बजारमा ल्याएका छन । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिनेश सुवेदीदको शब्द तथा करसाङ लामाको सँगीत रहेको ‘तिम्रै मोया छ’ बोलको गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गगरेका छन् ।
राजु श्रेष्ठले निर्देशन गरेको यो म्युजिक भिडियोमा मनोज तामाङको कोरियोग्राफी रहेको छ । बासु न्यौपानेले खिचेको म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गररेको गायक मगरले जानकारी दिए ।
रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका गायक मगरको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । गायक मगरले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँ जस्ता गीति सङ्ग्रहहरु बजारमा ल्याइसकेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेश्नल एकेडेमी बुढानिलकण्ठ र प्रगति बोर्डिङ हाई स्कूल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्ने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गरेको यो म्युजिक भिडियोमा मायाँ÷पिरतीका कुरा गरिएको छ ।
https://youtu.be/9Yq5mDgcrc8?si=TrUbvSl7581DCrz2

101Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected