0Shares

पोखरा । पोखराको माछापोखरी खेल मैदानमा आजदेख़ि एट टु नाईन युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
आजदेखी २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताबाट बचत हुन आएको रकम रग्बी खेलाडी यशोदा बोहोरालाई प्रदान गरिनेछ ।
यशोदा नेपालमा भएको यु-२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु-१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । उनलाई आर्थिक सहयोग गर्न प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता संयोजक लोक गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद प्रदान गरिनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected