55Shares

पोखरा भ्यूज

पोखरा, १९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ २७ गते पोखरामा हुने दोस्रो क्याबिनेट मिटिङको तयारी तीव्र पारिएको छ। लायन्स क्लब अफ पोखरा आदर्शको ब्यवस्थापनमा हुने क्याबिनेट मिटिङको तयारी तिब्र बनाइएको सुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको

एस.आर.केसी. ब्याङक्युट माटेपानी पोखरामा सम्पन्न हुने मिटिङ २६ गते क्याबिनेट पदाधिकारीहरुको  २७ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलितको बैठक हुने क्याविनेट मिटिङ तयारी समितिका संयोजक नविन भण्डारीले जानकारी दिए । तयारीको काम भइरहेको , प्रि-रजिष्टेसन गर्ने क्रम जारी ’ करिव एक हजार जनाले प्रि रजिष्टेसन गर्ने अपेक्षा गरिएको छ संयोजक भण्डारीले बताए ।

दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नविन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोअर्डिनेटर सुरेन्द्रमान सिं भण्डारी सहसंयोजक रहने गरी विभिन्न १३ वटा उपसमिति गठन गरिएको आयोजक क्लब आदर्शका अध्यक्ष बिष्णु गौतमले जानकारी दिए

अध्यक्ष गौतमका अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागाई, मंच व्यवस्थापनमा वुद्घि . खत्री, प्रचार तथा सुचनामा दिनेश भण्डारी, खाना, खाजा अतिथि व्यवस्थापनमा संजय कुमार अधिकारी, रजिष्टेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिल .थापा, स्वागत, सत्कारमा शोभा वाँनिया, खानेपानी तथा पार्किङ्गमा गणेश वस्नेत, स्वास्थ्य तथा प्राथामिक सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोज . केसी लगायतकाको उप समिति गठन गरी तयारीलाइ तिव्र बनाइएको

डिष्ट्रिक्टआईअन्तर्गतका सय ६६ क्लबबाट करिब हजार भन्दा बढी लायन सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको उक्त क्याविनेट मिटिङका सहसंयोजक सुरेन्द्रमानसिं भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराए उनका अनुसार कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन  लक्ष्य व्याण्डको सांगितिक प्रस्तुति राखिने छ 

क्याविनेट मिटिङ सब्य भव्य बनाउनका साथै उल्लेख्य उपस्थिति जनाउन निमन्त्रणा लागि संयोजक भण्डारी सहितको टोली शनिवार काठमांडौं जाने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीका अनुसार पोखरामा हुन गइरहेको दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्टले हालसम्म सम्पादन गरेका कार्यहरू आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा छलफल हुनेछ क्याविनेट मिटिङले लायन्स सदस्यहरू बिच फेलोशिप बृद्दी गराउने र यसले समग्र पोखराको पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने गभर्नर केसीको भनाई छ । 

रजिस्ट्रेसनका लागि क्लबका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ संयोजक रहने गरी रजिष्ट्रेसन सहजताका लागि बागमती एरियामा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा के सी शुशिल कुमार बस्न्यात साथै गण्डकी एरियाका लागि नगेन्द्र राज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी मोहनराज पौडेललाई जिम्मेवारी प्रदान गरीएको

स्मरणीय रहोस्, डिष्ट्रिक्ट ३२५ आई नेपाल सर्भिस, रिपोर्टिंग मेम्बरशीप ग्रोथमा पछिल्लो तीन महिनामाविश्वको पहिलो स्थानमा रहन सफल भएको मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्सअन्तर्राष्ट्रियमा आवद्व २१२ राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्भिस, रिपोर्टिंग पुनसर्वाधिक धेरै क्लब, ३१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्तगरेको हो

55Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected