चिम्माङस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पोखरा भ्यूज
धादिङ, चिम्माङ । धादिङको उत्तरी दक्षिण क्षेत्र बेनीघाट रोराङ गाउँपालिका–१ चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरिएको छ ।
मानवीय सेवाभावलाई आत्मसात् गर्दे नेपालका लोपोन्मुख जाती चेपाङहरूको बाहुल्य रहेको बस्ती चिम्माङमा अवस्थित विद्यालयमा अध्ययनरत १०० भन्दा बढी बालबालिकाहरू लक्षित गर्दे शैक्षिक सामाग्री झोला, सुईटर र कापीकलम साथै अति विपन्न बालबालिकाका महिला अभिभावकलाई लक्षित गरी कुर्था सुरूवाल उपलब्ध गराईएको हो ।
लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजना, क्लबका पूर्व अध्यक्ष सविता सिग्देल बरालको समन्वयमा विभिन्न सहयोगी मनबाट संकलित दुई लाख बढ़ी बरावरको सामाग्री वितरण गरिएको हो ।