4Shares

पोखरा भ्यूज

पोखरा नेपाल ट्रेड यूनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र बहादुर कुँवरले संगठन बलियो भएमात्र हकअधिकार प्राप्त हुने बताएका छन् बुधवार नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो विस्तारित बैठकको उद्घाटन गर्दै कुँवरले उक्त कुरा बताएका हुन् बलियो संगठन भएमात्र हक अधिकार प्राप्त हुने हुँदा तल्लो तहसम्म ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गर्न सबै तहका निकाय सक्रिय हुनुपर्नेमा उनको जोड थियो

गुनासो गर्ने हाम्रो संस्कृति नै कुँवरले भने, सबै तहका जिम्मेवार ब्यक्तिले आफ्नो जिम्मेवारी अनुसारको कार्य गरेमा गुनासो गर्ने ठाउँ नै नरहने उनको दावी थियो

बैठकमा युनियन बरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले ट्रेड यूनियन बिगतको तुलनामा शशक्त रूपमा अगाडी बढ़ेको बताउदै श्रमिकको हक अधिकार दिलाउन ट्रेड यूनियन कांग्रेस मजबुत बनेर अगाडी बढ़ेको निराश नहुन आग्रह गरे

उपाध्यक्ष राधिका कुईकेल खनालले जिल्ला तहमा ट्रेड यूनियन शिक्षाको आवश्यकता प्रदेश समिति मार्फ़त युवा महिला लक्षित ट्रेड यूनियन शिक्षाको तयारी केन्द्रले गरेको बताईन् अर्का उपाध्यक्ष राजेश पालिखेले अनौपचारिक क्षेत्र समस्या नै समस्याले घेरिएको समाधानका लागि यूनियन प्रतिबद्व रहेको धारणा व्यक्त गरे

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सहकोषाध्यक्ष रसमाया गुरूङ, निवर्तमान केन्द्रिय सदस्य जितबहादुर गुरूङ, प्रदेश महिला बिभाग प्रमुख प्रभा गौतम लगाएतले आफ्ना भनाई राखेका थिए

बैठकमा आवद्व संघका गण्डकी प्रदेश अध्यक्षहरू क्रमशः नेपाल प्रेस युनियनका टंकराज अधिकारी, गृह श्रमिक संघका अध्यक्ष गीता बिष्ट, कृषि श्रमिक संघका सुरेन्द्र श्रेष्ठ, ब्यूटीसियनका शर्मिला रानाभाट, यातायात मजदूरसंघका किरणबाबु पन्त, इम्ब्रोईडरीका लिलबहादुर रनपाल लगाएतले आफ्ना सांगठनिक गतिबिधि राखेका थिए

त्यस्तै, बैठकमा गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरू कास्कीका कमलबहादुर सापकोटा, स्यांगजाका दुर्गाबहादुर रोका, नवलपूरका गंगाधर सुवेदी, लमजुंगका तिर्थराज सुबेदी, बाग्लुंगका ईश्वर पौडेल, म्याग्दीका कोमल प्रसाद उपाध्याय, तनहुँका कृष्ण केसी, गोरखाका शिव थापा लगायतले प्रदेश स्तरीय नेतृत्वहरुलाई ट्रेडयुनियन योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन, न्युनतम पारिश्रमिक स्थानीय तहमा ट्रेड यूनियन विस्तारबारे आफ्ना भनाई राखेका थिए

गण्डकी प्रदेश समितिको बैठक सम्पन्न
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो विस्तारित बैठक विविध निर्णयहरु गरि सम्पन्न भएको छ बैठकले प्रदेश समितिका सचिव रुद्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा बाबुराम कँडेल, त्रिकला थापा, हृदयकुमार श्रेष्ठ, राजेश लम्साल, कुशेश्वर गुरूङ शर्मिला ढकाल सदस्य रहेको सचिवालय गठन गरेको त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश युवा समितिमा महेन्द्र गुरूङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको महिला समिति पूर्ण गराउने, मनोनित सदस्य जिल्ला समितिलाई सिफ़ारिश गर्न लगाउने, बिधान बमोज़िम सल्लाहकार, प्रचारप्रसार, प्रकाशन तथा छपाई, मानव अधिकार तथा ट्रेड युनियन शिक्षा लगाएतका बिभाग आगामी कार्यसम्पादन समितिमा छलफल गरी तेस्रो पूर्ण बैठकबाट कार्यान्वयन गराउने निर्णय भएको सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिए

बैठकले प्रशिक्षण प्रशिक्षक तालीमको आयोजना गर्ने, छुटपुटका स्थानीय तहमा ट्रेड युनियनको संरचना गठन गर्ने, महिला तथा युवाको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने लगायतका बिषयमा छलफल गरिएको प्रदेश अध्यक्ष शर्माले बताए  

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected