२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबर

सीमावर्ती क्षेत्रका वडा अध्यक्षहरूसँग अन्तरक्रिया

पोखरा । सशस्त्र प्रहरी बल, नं. ४ मुक्तिनाथ बाहिनी पोखराले सशस्त्र प्रहरी बल, नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रमको अवधारणा अनुरुप आज गण्डकी प्रदेशका सीमावर्ती क्षेत्रका वडा अध्यक्षहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
मुक्तिनाथ बाहिनी पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले गण्डकी प्रदेशका चारवटा सीमावर्ती जिल्लाका वडा अध्यक्षहरूसँग प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट विजयादशमी २०८० को शुभकामना आदनप्रदान तथा सीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गरेका हुन् । गण्डकीमा मुस्ताङ, गोरखा, नवलपुर र मनाङ चार वटा जिल्ला सीमावर्ती जिल्ला हुन् ।
सशस्त्र प्रहरी मै नयाँ अभ्यासको रुपमा प्रथम पटक थालनी गरिएको अन्तरक्रियामा सीमावर्ती क्षेत्रस्थित सशस्त्र प्रहरी यूनिटका प्रमुखहरू तथा वडा अध्यक्षहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए । मुस्ताङबाट जनप्रतिनिधिहरू प्रत्यक्षरुपमा नै बाहिनीमा उपस्थित भई सहभागीता जनाएका थिए ।
सीमा सम्बन्धी विविध विषयमा गरिएको छलफल उपलब्धिमूलक रहेको तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिईने बाहिनीपति धौवजीले जानकारी दिए ।

Read more

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…