38Shares

पोखरा भ्यूज

पोखरा, १ कार्तिक । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले पोखरा, बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले नसर्ने रोग सुगर, प्रेसर र ड़ेंगु रोग बारे प्रशिक्षण/परामर्शसहित निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको युवा समितिका राष्ट्रिय अध्यक्ष दीपेन्द्र सुनारले बताए

सिविरका प्रमुख अतिथि नेपाल ट्रेड यूनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र बहादुर कुँवरले चिकित्सक प्राविधिक टोली प्रमुख डा. दृश्य बिश्वकर्मालाई ग्लुको मिटर बिपि सेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले ट्रेड युनियन कांग्रेसले सधै आफ्नो कुरा मात्र गर्छ भन्ने भ्रमलाई चिरेर नागरिकका जनजिविकाका कुरामा पनि प्रतिबद्व भन्ने सन्देश शिविरले प्रमाणित गरेको कुरा बताए

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दीपेन्द्र सुनारको अध्यक्षतामा सम्पन्न सिविरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शारदा पौडेल, नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरूङ, ट्रेड यूनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, उपाध्यक्षद्वय राधिका कुइकेल, राजेश पालिखे, सहकोषाध्यक्ष रशामाया गुरूङ, प्रदेश समिति गण्डकीका अध्यक्ष मुरारी शर्मा लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै अस्पतालसम्म पहुँच नपुगेकाका लागि प्राईम ठाउँमा सिविर राखेर ट्रेड यूनियन मर्म भावना अनुरूप कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए

ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो नियमित बैठकको पूर्व संध्यामा आयोजित शिविर पोखरा महानगरपालिका स्वास्थ्य बिभागको समन्वयमा डा.दृष्य बिश्वकर्माको नेतृत्व सहितको चिकित्सकहरुबाट नसर्ने रोग सुगर प्रेसर ड़ेंगु रोग बारे प्रशिक्षण तथा परामर्श सहित स्वास्थ्य परीक्षण गरिएको थियो

स्वास्थ्य उपचार सेवाका लागि एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट  करिव सयजना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएको डा. बिश्वकर्माले बताए।   शिविरमा निःशुल्क स्वास्थ्य सेवासँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । कार्यक्रम संचालन सविता सुनामले गरेकी थिईन् ।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected