1Shares

पोखरा भ्यूज

पोखरा । गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत वालिङ र स्याङजाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत तनहुँको ब्यास नगरपालिका, स्याङजाको वालिङ, भीरकोट नगरपालिका र फेदीखोला गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुगमन सम्पन्न भएको हो । पालिकाहरुले सुचना प्रविधि, सडक सुरक्षा, कृषि र सरसफाईको क्षेत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् ।

पिएलजीएसपी कार्यक्रमको सहयोगबाट निर्माण भएका योजनाहरुको प्रगति कार्यान्वयन अवस्था, विद्यमान कानुनी व्यवस्था र आवश्यक कानुन निर्माण, न्यायिक समितिको कार्य प्रगति तथा अन्र्तक्रिया, नवप्रवर्तन साझेदारी कोष कार्यक्रमको प्रगति अवस्था र आगामी योजना र सफल तथा असल अभ्यासहरु बारे अनुगमन, अन्र्तक्रिया र अनुभव अदान प्रदान गरिएको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव एवं सुचना प्रविधि अधिकारी राजन भटराईले जानकारी दिए ।

सञ्चालित कार्यक्रमको अनुगमनका लागि गण्डकी प्रदेश समन्वय समिति रहेको छ ।सोही समितिले पालिकाहरुमा सञ्चालित कार्यक्रम बारे अनुगमनसंगै अनुभव आदान प्रदान गरेको हो । अनुगमनमा पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति सदस्य मञ्जु देवी गुरुङ, सदस्य भानु नगरपालिका उपप्रमुख उमा गोतामे, आबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव एवं सुचना अधिकारी राजन भटराई, सामाजिक विकास मन्त्रालयका उपसचिव पुष्पराज पौडेल, शाखा अधिकृत जानकी न्यौपाने र रजनी थापा मगर सहितको टोलीले कार्यक्रमको अनुगमन गरेको छ । अनुगमनका क्रममा पालिकाहरुबाट भैरहेका सेवा प्रवाह, न्यायिक समितिले सम्पादन गरिरहेका कार्यहरु बारेमा छलफल भएको थियो ।छलफलमा पालिकाहरुले स्थानीय शासन कार्यक्रम प्रभावकारी रहेको बताए ।

स्थानीय शासन कार्यक्रम प्रभावकारी देखिएको वालिङ नगरपालिका मेयर कृष्ण खाँडले बताए । त्यस्तै भीरकोट नगरपालिकाले सरसफाई र कृषिको क्षेत्रमा कार्यक्रम गरेको छ । कार्यक्रम प्रभावकारी बनेको भीरकोटका प्रमुख प्रशाकीय अधिकृत धर्मराज ढुगानाले बताए ।

त्यस्तै नेपालको संविधानले व्यवस्था गरेको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको बारेमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जु देवी गुरुङले आफनो अनुभव सुनाउदै न्यायिक समितिलाई सफल बनाउनुपर्ने जोड दिइन् । उनले न्यायिक समिति असफल हुदाँ उपप्रमुख र उपाध्यक्ष असफल हुने भएकाले संविधानले व्यवस्था गरेको न्यायिक समितिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् । आबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले ब्यास, वालिङ, भीरकोट र फेदिखोला गाँउपालिकाले गरेका कार्यक्रमहरु प्रभावकारी रहेको बताइन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected