0Shares

पोखरा भ्यूज
११ कात्तिक, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकीय पदयात्रीहरुसँग शुल्क लिने भएको छ । पालिकाले आन्तरिक तथा बाह्य पर्यटकसँग प्रवेश शुल्क लिने सूचना सार्वजनिक गरेको छ ।

गाउँपालिकाले विदेशी पर्यटकसँग ५ सय र आन्तरिक पर्यटकसँग १ सय रुपैयाँ प्रवेश शुल्क लिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले शुक्रबार प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिन लागिएको जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाले लो क्याम्प, लुब्रुकमा शुल्क उठाउने काउन्टरको व्यवस्था गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected