1Shares

पोखरा भ्यूज

१३ कात्तिक, काठमाडौं । नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस भर्खर पोखरा आइपुगेका छन् ।

सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य लगयतले स्वागत गरेका थिए । त्यसक्रममा नेपाली पञ्चेबाजासहितको तामझामका साथ उनको पोखरामा भव्य स्वागत गरिएको थियो । उनी विमानस्थलबाट सोझै फिस्टेल लज पुगेका छन् ।

आज उनको त्यही बास हुनेछ । गुटेरेस मंगलबार विहान नेपाली सेनाको हेलिकप्टरमार्फत् अन्नपूर्ण आधारशिविर जाने कार्य तालिका छ । उनलेअन्नपूर्ण आधारशिविर पुगेर जलवायु परिवर्तनको असरले आधारशिविरमा भएको क्षयीकरणको अध्ययन र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि एवं  त्यहाका पर्यटन व्यवसायीसँग छलफल गरी पोखरा फर्किएर पत्रकार सम्मेलन गर्नेछन् र त्यसपछि लुम्बिनी प्रस्थान गर्नेछन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected