0Shares

पोखरा भ्यूज
१२ कात्तिक, बारा । बारामा एक नीजि विद्यालयका प्राचार्यमाथि गोली प्रहार भएको छ । कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्राचार्य गुड्‍डु भनिने रुपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहबाट गोली प्रहार भएको हो ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि अहिले वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ । उनको टाउको र घाँटीमा गोली लागेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected