11Shares

पोखरा भ्यूज

पोखरा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस अन्नपूर्ण बेस क्याम्प पुगेका छन् । नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका गुटरेस मङ्गलवार बिहान अन्नपूर्ण बेस क्याम्प पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत एबिसी पुगेका गुटरेसले बढ्दो जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा परेको प्रभावलाई नजिकबाट नियालेका हुन् । हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको र स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव परिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरे ।

जलवायु परिवर्तनमा स्थानीय समुदायको कुनै संलग्नता नरहेको भए पनि त्यसको असरको सिकार भने बन्नु परेको उनले उल्लेख गरे । यसको विश्वव्यापी असरलाई रोक्नका लागि हिमालय तथा नदिहरुको संरक्षणमा उनले जोड दिए ।

आफ्नो भ्रमणले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न तत्काल उपयुक्त कदम चाल्नु पर्ने सन्देशलाई जोड दिइएको उनले बताए । दिगो भविष्यमा लागि वातावरण संरक्षणमा योगदान गर्न ढिलाइ गर्न नहुने उनको तर्क थियो ।

जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन्।

मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायत देशले पाउनुपर्नेमा जोड दिए।

यस अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशलाई आग्रह समेत गरे।

जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्नेमा गुटेरेसको जोड रहेको छ।

जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले बताए।

‘हामीले यी अद्भुत हिमाल र हिमनदी जोगाउनुपर्छ। जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशलाई समर्थन गर्न आवश्यक छ’ गुटेरेस भन्छन्, ‘जलवायु परिवर्तनका कारण धेरै भाग भूस्खलन भएका छन्। यसका कारण धेरै समुदायमा परेको नकारात्मक असरलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु।’

उनले थपे , ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोष पनि छन्। यी कोष क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन्। त्यसको उपयोग हुनुपर्छ।’

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected