1Shares

पोखरा भ्यूज
१५ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

घान्द्रक प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाई छ । उनी गुटरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका थिए । उनी मोदी गाउँपालिका वडा नं. ६, पर्वतका बासिन्दा हुन् ।

अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरुङको हिमालयस्थित होटलमा बास बसेका असइ ढुंगानाको श्वासप्रश्वासमा समस्या भएको थियो ।

उनको श्वासप्रश्वासमा समस्या भएपछि तत्काल हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएकोमा अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected