0Shares

पोखरा भ्यूज
१४ कात्तिक, काठमाडौं । गठनबन्धन सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजतन्त्रवादीहरुबाट प्रतिगामी षडयन्त्र भइरहेकाले त्यसको भण्डाफोर गर्ने उसले सडक संघर्ष गर्न लागेको हो ।

माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने तयारी गरेको मंगलबार बिहान जारी सर्कुलरमा उल्लेख छ । दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षका मूल मुद्दा बनाइएको छ ।

‘माओवादीले पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा सकाएपछि प्रदेश र पालिका तहसम्म संघर्षका कार्याक्रम गर्ने निर्णय भएको माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected