1Shares

पोखरा भ्यूज

१५ कात्तिक, काठमाडौं । प्रहरीले लागूऔषध कारोवारीका अभियुक्त प्रक्राउ गर्न काठमाडौंको गोठाटारमा गोली चलाएको छ । लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई पक्राउ गर्न प्रहरीले उनीमाथि गोली चलाएको हो ।

उनले पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

अभियुक्त करिमको दाहिने तीघ्रामा गोली लागेको प्रहरीले बताएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected