1Shares

एजेन्सी
१५ कात्तिक, नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । भारतको नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटिको बैठकले उनलाई उक्त पदमा चुनेको हो ।

नेपालका शम्भुप्रसाद आचार्यले उक्त पदमा प्रतिस्पर्धा गरेमा उनी बाजेदेसँग पराजित भए । उनी बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी हुन् । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गरिन्छ । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयनमा भाग लिएका थिए । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाएको हो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected