7Shares

पोखरा भ्यूज
१८ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा राहत सामग्रीसहित नगरप्रहरी टोली उद्धारमा त्यसतपर्फ प्रस्थान गरेको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा नगरप्रहरीसहितको उद्धार टोली शनिबार प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो । उद्दारमा महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको टोली छ ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रूपैयाँ बराबरको राहत सहयोग पठाइएको मेयर आचार्यले बताए ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected