२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउन बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा भ्यूज

पोखरा । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेको छ भने पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले जनाए । उनका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्धेश्य भएको उनको भनाइ छ । मेलाको प्रवेशमा टिकटको व्यवस्था गरिएको र प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ जाजरकोट भूकम्पपीडितको लागि प्रदान गरिने उनले जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादनहरु जोडिएको र जोडिने क्रम जारी रहेको बताए ।
संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण सुरु भएको जानकारी दिँदै योपटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको जिकिर गरे ।
संघका महासचिव  बलराम आचार्यले मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु सक्रियतापूर्वक आफ्नो काममा लागेको बताउँदै मंगलबारमात्रै बस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक सम्पन्न गरिएको बताए ।
सो बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताइन् । उनले महिलाहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन पोउवा संघसँग आग्रह पनि गरिन् ।
बैठकमा पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्मा र सचिव परशुराम तिवारी,पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल,नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले पोउवा संघले आयोजना गरेको मेलालाई सफल बनाउन हरसम्भव सघाउने प्रतिवद्धता जनाएका थिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…