16Shares

पोखरा भ्यूज

१ पुस, काठमाडौं । बैतडीको झुलाघाटबाट शुरु भएको नेकपा एमालेको संकल्प यात्रापाँचथरको चिवाभञ्ज्याङ पुगेर अन्त्य गरिएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित गरी मंसिर १४ गतेबाट शुरु भएको नेकपा एमालेको संकल्प चिवाभञ्ज्याङयात्रा पुगेर अन्त्य भएको हो । ‘समृद्धिका लागि संकल्प यात्रा’ नामाकरण गरिएको एमालेको १८ औं दिनमा आइतबार पूरा भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । अभियानले करिव २ हजार किलोमिटर मध्यपहाडी यात्रा पूरा गरेको छ ।

१८ दिनसम्म संकल्प यात्रामा सहभागी भएका सबैलाई ओलीले धन्यवाद दिएका छन्। उनले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे। अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीको दावी छ । भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected