0Shares

पोखरा भ्यूज
पोखरा । पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए ।
क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन्।
क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा मंगलबार सुरु भएको हो ।

प्रतियोगिताका अन्य खेलहरु आगामि शनिबारसम्म संचालन हुनेछन् । प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, टेवलटेनिस र बास्केटलबलका खेलहरु हुनेछन् ।
कार्यक्रमको गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य तथा नेपाल स्काउटका पूर्व महासचिव हेरम्बप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्रमुख अतिथि लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected