3Shares

पोखरा भ्यूज

लेखनाथ, ११ पुस । कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सव स्थल ब्यापारीक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।

महोत्सवमा राखिएका करिव तीन सय ४७ फरक फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट छन् ।

पुसको १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा चलीरहदाँ बुधवार मात्र करिव ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदाँ ५ करोड १० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ । यसैबिच बुधवार मात्र करिव २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतुले दर्शकलाई मनोरञ्जन प्रदान गरिएकाले दोहोरीका पारखी देखि युवाहरुलाई लक्षीत गरि आयोजित लाईभ पप कन्र्सटका कारण सवै प्रकृतीका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको आयोजकको दावी छ ।

महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यग्य तर्फ पुरुषोत्तम भण्डारी पुर्खेबाको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जित पुन लगायतको प्रस्तुतीले स्टेज तताएको थियो ।

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected