12Shares

पोखरा भ्यूज

पोखरा, २५ पुस । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालय तहको शिक्षामा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । गोगन माध्यमिक विद्यालय पोखरा ३२ गगनगौँडाको ५६ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस्तो बताएका हुन् ।

“सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य भनेको छ, ती निःशुल्क र अनिवार्य भन्ने कुराहरू कहीँ पनि भेट हुँदैनन्, यी भेटै नहुने कुराहरूलाई एकसाथ अघि बढाउ भनेको छ, प्रमुख आचार्यले भने, आशा गरौँ, अहिले नेपाल सरकारले शिक्षा ऐन जारी गर्दैछ, त्यो जारी भएपछि यी कुराहरूमा सुधार भएर आउनेछ ।” नीतिगत समस्याहरूको समाधान भए मात्र विद्यालय तहको शिक्षामा सुधार ल्याउन सकिने आचार्यले बताए ।

महानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि करोडौँ रुपैयाँ खर्च गरेको भए पनि अपेक्षित परिणाम आउन नसकेको उनले बताए । विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरी शिक्षाको गुणस्तर बढाउने र विद्यालयहरूको अवस्थामा समेत सुधार ल्याउने प्रयत्न गरिएको बताए ।

पोखरा महानगरपालिकामा मुलुक कै उत्कृष्ट विद्यालयहरू पनि रहेको उल्लेख गर्दै उनले अधिंकास विद्यालयहरूमा सुधारको खाँचो औँल्याए । शिक्षक, अभिभावक र सरोकारवालाहरूको एकीकृत प्रयासले मात्र विद्यालय शिक्षामा सुधार सम्भव रहेको उनले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्री सुवेदीले बिधालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै पुरस्कृत शिक्षक एवं बिधार्थीलाई बधाई सहित आफ्नो मन्तव्य राखेका थिए

सो अवसरमा विद्यालयमा स्थापित चन्द्ररत्न, वादल स्मृति, स्व.कविराम, त्रिलोचनसिता एवं स्व.कृष्ण द्धा स्मृति अक्षयकोषको पुरस्कारवाट विभिन्न शिक्षक कर्मचारी एवं विद्यार्थीहरुलाई सम्मान सहित नगद प्रदान गरी पुरस्कृत गरिएको थियो

विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको समग्र आए ब्यय एवं आगामि कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङवाट समापन गरिएको सो कार्यक्रम विद्यालयका शिक्षकद्धय विनोद भण्डारी गिता थापाले सञ्चालन गरेका थिए

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected