3Shares

पोखरा भ्यूज

पोखरा तेइसौँ संस्करणकोआहा रारा पोखरा गोल्डकपमा सहारा क्लवसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौंभन्ने उद्येश्यका साथ माघ देखि २० गतेसम्म आहा रारा पोखरा गोल्ड कप हुने विहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो

प्रतियोगितामा नेपाल प्रहरी फुटवल क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मछिन्द्र क्लव, जावलाखेल युथ क्लव, राईजिङ्ग स्टार फुटवल क्लव नवलपुर, संकटा क्लव, चर्च ब्वाइज युनाइटेड फुटवल क्लव, थ्री स्टार क्लव, सहारा क्लव पोखरा, मनाङ मर्स्यायाङ्दी क्लव, जाउलाखेल युथ क्लव संकटा क्लव सहभागी हने आयोजक सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी गराए 

प्रतियोगिताको तयारी तीव्ररुपमा अघि बढेको क्लवका अध्यक्ष केशवराज बरालले जानकारी दिए

प्रतियोगिताबाट करोड ८६ लाख ७५ हजार आम्दानी करोड ४९ लाख हजार रुपैयाँ खर्च गहुने अनुमान गरिएको छ  बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटवल एकेडेमीमा खर्च गरिनेछ एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आवासीयरुपमा आवद्ध रहेका छन्

पोखरालाई स्पोर्ट्स हव सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उद्देश्य रहेको महासचिव अधिकारीले बताए । प्रतियोगिता नवप्रतिभावान फुटबल खेलाडीलाई अन्तर्निहीत खेल कौशल प्रदर्शन गर्ने उचित अवसर भएको उनले स्पष्ट पारे

प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको त्यसै गरि पोखरा महानगरपालिका संरक्षक, सह उपप्रायोजक पोखरा महानरपालिका वडा. . , रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया लगायतले प्रतियोगितालाई सफल पार्न सहयोग गरेका छन्

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected