6Shares

पोखरा भ्यूज
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थात बनाउँदै एपिएफ क्लब संग भिडन्त पक्का गरेको छ ।
सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ   खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ । दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । पाँचौ सेट जारी रहँदा एपिएफ ७–२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन । आर्मीको एक पछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपिएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो । खेलमा एपिएफका सरस्वती चौधरी  टाइगर अफ दि म्याच   घोषित भएकी छन् ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।
शुक्रबार महिलातर्फ नेपाल पुलिस क्लव र नेपाल आर्मी क्लवले तेश्रो स्थानका लागि स्पर्धा गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected