89Shares

पोखरा भ्यूज

पोखरा राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराले ५९औं वार्षिकोत्सव अवसरमा आफ्ना ग्राहकहरुलाई सम्मान गरेको  प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको पोखरास्थित प्रादेशिक कार्यालयको नवनिर्मित भवन परिसरमा आयोजित एक समारोहका बीच बैकका ग्राहकलाई सम्मान गरेका हुन्

बार्षिकोत्सव एवं सम्मान समारोहमा बोल्दै प्रमुख अतिथि मन्त्री आलेले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैकको भूमिका सकारात्मक रहने बताए बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताए उनले बैकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताएका थिए

राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय पोखराका उपप्रबन्धक बिदुर भूषण क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उधोग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य, पोखरा स्थित मोनिका सप्लायर्सका संचालक मोहनबाबु खड़काले निजी क्षेत्रका बैकको तुलनामा सरकारी स्वामित्वमा रहेका बैकले सहुलियत दरमा कारोबार गर्नुपर्ने बताउदै  बैकको व्यावसायिक कुसलतासहित उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए

बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक बिदुर भूषण क्षेत्रीले बैंकको वर्तमान स्थिति समग्र योजनाका बारेमा आफ्नो भनाई राखेका थिए कार्यक्रममा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए

नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको

विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी चुक्ता शेयर पुँजी रू १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको बैंकको पुँजी कोष रू ५० अर्ब ७४ करोड रहेको

89Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected