
पोखरा भ्यूज
पोखरा । माछापुच्छ्रे बैक लिमिटेड र पोखराको लेकसाइडमा रहेको रोलिङ स्टोन रक बार बीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा जनाईंए अनुसार देश भरका माछापुच्छ्रे बैकका ग्राहक तथा कर्मचारीले ई-बैकिङ, एटिएम कार्ड प्रयोग गरे वापत पोखरा लेकसाईडस्थित रोलिङ स्टोन रक बारले १०% प्रतिशतसम्म छुट दिने भएको छ ।
त्यस्ता किसिमको समझदारीबाट नगद कारोबारमा डिजिटल प्रयोग हुने र दुबै संस्थाका लागि कारोबारमा ग्राहकहरू उत्प्रेरित हुने न्युरोड शाखा प्रमुख बिरेन्द्र के.सी. बताउँछन् ।
माछापुच्छ्रे बैकले बैकिङ सेवालाई अझै सरल, सहज र स्मार्ट बनाउने लक्ष्य लिएको छ ।
त्यसैगरी, सन् २०१७ बाट लेकसाइडमा युवाहरु माझ चर्चामा रहेको रक बार देश तथा बिदेशी कलाकारहरुबाट लाइभ कन्सर्ट गरि मनोरञ्जन प्रदान गर्दै आएको छ ।











