२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

आहा!रारा पोखरा गोल्डकप : चर्च ब्वाइज यूथ क्लब सेमिफाईनल प्रवेश

पोखरा भ्यूज

पोखरा । चर्च ब्वाइज यूथ क्लब पोखरामा जारी २३ औं सस्करणको आहा!रारा पोखरा गोल्डकपको सेमीफाइलमा पुगेको छ ।

विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइज सेमीफाइनलमा पुगेको हो । लिग बिजेता समेत रहेको चर्च ब्वाइजले गोलको खाता भने ७२औं मिनेटमा खोलेको थियो । ७२ औं मिनेटमा समिर तामाङको एक मात्र गोलमा गोल गर्दै टिमलाई अग्रता मात्र दिलाएनन् सोही गोलले टिमलाई सेमीफाइनलको यात्रा समेत तय गरायो । पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बि.क बीच तालमेल जसको फाइदा चर्च ब्वाइजले लियो । दिपेन्द्र बल रोक्न प्रयासरत थिए किपर शत्रुघन बल बचाउन अघि बढेको समयमा दुबै बिच तालमेल मिलेन जसको फाइदा समिरले लिए । उनले खाली पोष्टमा गोल गरे ।

हाफटाइम सम्म दुबै टिमले गोल गर्न सकेका थिएनन् । न त खेलमा कुनै मोमेन्ट नै बने । पहिलो हाफको इन्जुरी समयमा चर्च ब्वाइजले दुई अबसर पाएको थियो । सन्तोष खत्रीले मैदानको दायाँ साइडबाट गरेको प्रहार पुलिसका किपर शत्रुधन चौधरीले डाइभ गर्दै मैदान बाहिर पठाए । सोही बलमा कर्नर पाएको चर्च ब्वाइजले पाएको कर्नरमा गौरव श्रेष्ठको हेड पोष्टको केही माथीबाट बाहिरियो ।

५६ औं मिनेटमा चर्च ब्वाइजले अर्को अवसर गुमायो । प्रशान्त लक्षनले पेनाल्टी बक्स बाहिरबाट खाली पोष्टमा प्रहार गरे पनि बल फ्रेममा परेन ।

६४ औं मिनेटमा प्रशान्तले दोश्रो अवसर गुमाए । उनको प्रहार बारमा लागेर फर्कियो । रिबाउन्डमा समिरले प्रहार गरे पनि पुलिसका किपर शत्रुघनले गोल हुनबाट जोगाए ।

यो जित संगै दोश्रो पटकको आहा रारा गोल्डकपको सहभागितामा चर्च ब्वाइजले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । चर्च ब्वाइजले विभागिय टोली नेपाल आर्मी क्लब संग १८ गते हुने सेमीफाइनलमा भिड्नेछ ।

माघ १७ गते बुधबार २३ औं सस्करणको सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् । भोलीको पहिलो सेमफिाइनलमा थ्रीस्टार र जावलाखेल यूथ क्लबका बीच हुनेछ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…