24Shares

पोखरा रंगशालामा संचालन भईरहेको आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार यूथ क्लब काठमाण्डौं फाईनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार फाईनलमा  पुगेको हो ।

थ्रीस्टारको जितमा दिपेश घलेको गोल निर्णायक बन्यो । उनले ७८ औं मिनेटमा उनले दिपेश आलेमगरको पासमा बललाई गोलको दिशा देखाए । उनी खेलको ६६ औं मिनेटमा आदित्य शाक्यलाई स्थान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

थ्रीस्टार आहा रारा पोखरा गोल्डकपको ५ पटक उपाधि जितेको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा आहाराराको उपाधि जितेको छ ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । बिहिबारको अन्तिम सेमिफाइनलमा चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected