2Shares

पोखरा भ्यूज
२४ माघ, पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउँदो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउने कार्यतालिका अनुसार आउँदो शनिबार अर्थात २७ माघमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

यस अघि गत २० मंसिरमा प्रभातफेरी सँगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हीरक महोत्सव अन्र्तगत प्रभात फेरी कार्यक्रमपछि विद्यालयले रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए । विद्यालयले सामाजिक उतरदायित्व अन्र्तगत कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।

हीरक महोत्सव अन्र्तगत आउदो ८ बैशाख ०८१ मा विद्यालयमा अध्य्यन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक÷कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरुबीच परिचय सँगै अनुभव आदान प्रदानको गर्ने उदेश्यले पुनर्मिलन समारोह आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए ।

पुनर्मिलन सँगै सोही दिन विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रमहरु गरिने राणाले जानकारी दिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected