२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

पोखरा म्याराथन : तमु धी र वडा नं ३ ले बाजागाजा सहित सांस्कृतिक पोशाकमा धावकलाई स्वागत गर्ने

पोखरा भ्यूज
पोखरा   ।   पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमुधी नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरामा तमु धी नेपाल र वडा नं ३ मा छुट्टा–छुट्टै भेला र छलफल सम्पन्न भएको मञ्चले जनाएको छ ।
पोखरा महानगर वडा नं ३ मा भएको विभिन्न समूह तथा संस्थाहरुसँगको छलफल कार्यक्रममा बोल्दै वडा नं.३ का वडाअध्यक्ष प्रकाश मान उदासले आफ्नो वडाभित्र पर्ने रुटमा सांस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले वडाको पहिचान गर्ने अवसर मिल्ने हुँदा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थालाई मौलिक विविध बाजा तथा सांस्कृति झ्याकिसहित उपस्थिति हुन अनुरोध गरे ।
अध्यक्ष उदासले वडामा रहेका फरक फरक जातजातीका मौलिक बाजाहरुको धुनले धावकलाई उर्जा थप्ने काम गर्ने हुँदै सफल पोखरा म्याराथनलाई आफ्नो वडामा स्वागत गर्ने बताए ।
विधता पौरखी केन्द्रकी अध्यक्ष शान्ति उदासले पोखरा म्याराथनमा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थाले आफ्नो वडा भित्र रहेको विविध मौलिक सांस्कृतिक पहिचानसहित धावकलाई स्वागत गर्ने सुनाइन् । उनले आफुहरुले फरक–फरक संस्कृति झल्कनेगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संघ संस्था समन्वय संयोजक शम्मर बहादुर श्रेष्ठले आ–आफ्नो ब्यानरसहित स्वागत गरिदिन आग्रह गरे ।
यस्तै तमु धी नेपालको मुख्य कार्यालय पोखरा नयाँबजारमा भएको छलफलमा तमु धी नेपालका अध्यक्ष हुम तमुले म्याराथनको रुटमा पर्ने गुरुङ समाजले जातीय पहिचानसहितको मौलिक बाजाले धावकलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनमा आफ्नो संस्कृति देखाउँदा संसारमा फैलने उनले सुनाए । तमु धीको तर्फबाट म्याराथनको रौनक बढाउन रन फर फनमा समेत सहभागी हुने उनले बताए ।
तमु धीमा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनका विभिन्न पक्षहरु बारे चर्चा गर्दै सबैलाई म्याराथनमा सहभागिता जनाउन आग्रह गरे । उनले भने–“यो विशेष एक संस्थाको मात्रै कार्यक्रम होइन । यो समग्र पोखरेलीहरुको कार्यक्रम हो । म सबैलाई फागुन ५ गते आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आग्रह र आह्वान गर्दछु ।”

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…