134Shares

पोखरा भ्यूज

पोखरा माछापुच्छ्रे मावि ढिकुरपोखरी, एसएलसी व्याची समूह२०४७ ले फागुन १९ गते आयोजना गर्न गईरहेको बृहत् भेला, बनभोज सहित शिक्षक सम्मान कार्यक्रमलाई तीव्र रूपमा अगाडी बढ़ाएको

स्कुले जिवनको अन्तिम बर्ष एकै कक्षामा अध्ययन गरेका साथीहरू बिचको एकता अझ मझबुत प्रगाढ बनाउने उद्धेश्यले आयोजना गरेको बृहत् भेला सहित बनभोज कार्यक्रमलाई तीव्रता दिईएको समूहका सदस्य एवं पूर्व बिधार्थी गोविन्द पौडेलले जानकारी दिए 

गत कार्तिक २६ गते एसएलसी व्याची समूह२०४७ को पहिलो प्रारम्भिक भेलाले यहि फागुन १९ गते बृहत् भेला, बनभोज सहित सम्मान कार्यक्रम गर्ने तय गरेको थियो

समूहले अन्नपूर्ण गाउँपालिका, लार्केस्थित पिक्निक स्थलमा बृहत् भेला, वनभोज सहित शिक्षक सम्मान कार्यक्रम गर्ने भएको हो

कार्यक्रममा तत्कालिन समयमा कक्षा १० मा अध्यापन गराउनु हुने शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको समूहका सदस्य एवं पूर्व बिधार्थी नारायण बहादुर कुँवरले जानकारी दिए उक्त बनभोज कार्यक्रम मार्फत साथीहरू विचको एकता आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास लिईएको कुँवरले बताए 

बृहत् भेला, सम्मान सहित बनभोज कार्यक्रम सम्पन्न गर्न पूर्व बिधार्थी टंकराज अधिकारी संयोजक रहेको विभिन्न ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरी तयारीलाई तिव्रता दिईएको समूहका अर्का सदस्य सरस्वती भण्डारी अधिकारीले जानकारी दिईन्

134Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected