1Shares

टंकराज अधिकारी

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको आसन्न अधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले भेटघाट शुभकामना लिने क्रम जारी राखेका छन्

डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार बिनोद ढुंगाना, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डे  सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार सूर्य कुमार केसीले गण्डकी र धवलागिरी क्षेत्रमा रहेका लायन्स लिडरहरुसँग भेटघाट शुभकामना कार्यक्रमको आयोजना गरी गभर्नर पदमा शत प्रतिशत ‘एस’ भोटको लागि आग्रह गरेका हुन् 

लायन्स क्लब अफ पोखरा अभियानको आतिथ्यतामा सोमवार पोखरामा सम्पन्न कार्यक्रममा उम्मेद्वारहरूले शतप्रतिशतएस’ भोटका लागि सम्पूर्ण उपस्थित लायन्स प्रतिनिधिहरु समक्ष आग्रह गरेका थिए 

चैत्र तीन गते राष्ट्रिय सभागृह काठमांडौंमा लायन्स क्लब अफ काठमांडौं मिडटाउनको संयोजनमा डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो महाधिवेशन हुँदैछ  

डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङ सहितका गण्डकी धवलागिरीका  ज़िल्लागरी १२ ज़िल्लाका करिव १८० क्लब हज़ार बढ़ी लायन्स सदस्य आवद्व रहेका छन

डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको लायन्सको अन्तर्राष्ट्रिय प्रावधान अनुसार गर्भनर भाइस डिष्ट्रिक्ट गभर्नर हुनेले शतप्रतिशत ‘एस’ भोट लिनुपर्ने हुन्छ

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार बिनोद ढुंगानाले बिश्वकै लायन्स अभियानमा हरेक बर्ष आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै आईरहेको डिष्ट्रिक्ट ३२५ आईबाट डिष्ट्रिक्ट गभर्नर पदको उम्मेदवार बन्दै गर्दा आफुलाई गौरवान्नित महशुष गरेको छु । बिगत बर्षका कार्यलाई निरन्तरताको रुपमा अघि बढाउदै क़ेहीनयाँ योजना अघि सारी ईतिहासलाई मर्न नदिने प्रतिबद्वता ब्यक्त गर्दछु  ढुंगानाले भनेहाम्रा अबिभावक लायन लिडरहरू जस्ले लायनवादमा विश्व रेक़र्ड होल्ड गर्नु भएको उहाँहरू प्रति गौरब गर्दछु ।’ उनले भनेउहाँहरुकै पथ प्रदर्शक भुमिका त्यही हिजोको गर्भिलो ईतिहास बनाउन योगदान दिनु हुने तपाईं आम सबै लायन्स साथीहरूको भुमिकाले हामीले हाम्रो डिष्ट्रिक्टलाई सेवा कार्यको उत्कृष्ट नमुनाको रुपमा स्थापित गराउने छौ उनले थपेलायनवादका धरोहर राजन लम्साल, मन बहादुर रोका, इन्दु लम्साल, राम बहादुर बसेल वर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी जसले नेपालको लायन्स ईतिहासमा नमेटिने छाप बनाउनु भएको , उहाँहरूको सारथीपन  उत्कृष्ट नेतृत्व साथै सेवा कार्य गर्नुहुने तपाईं लायन्सहरुको योगदान भुमिकाका कारण यस डिष्ट्रिक्टको गरिमा उँचो राख्न सक्छु भन्ने आँटले नै मलाई नेतृत्वमा अघि बढ़न प्रेरणा मिलेको 

ढुंगानाले डिष्ट्रिक्ट ३२५ आईले डिष्ट्रिक्ट रिडिष्ट्रिक्टिंग भएपछिको पहिलो बर्ष डिष्ट्रिक्टको जग बलियो बनाउन कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब, काठमाँड़ौ पोखरामा डिष्ट्रिक्ट स्थायी सचिवालय बनाउने अभियान, ईमरजेन्सी फण्ड स्थापना, लिड़र शिप, फ़ेलोशिप सामाजिक सेवाका कार्यमा जोड़ दिदै गरेका कार्यले समाजमा स्थापित भई विश्वमा नै उत्कृष्ट हुन सफल भयौं

त्यस्तै यसबर्ष विगतका बर्षका महत्वपुर्ण कार्यक्रमहरुलाई निरन्तरता दिदै उनले भने ‘नेतृत्वका लागि उत्प्रेरित गरौ (इन्सपाएर टु लिड) को नारा अन्तर्गत रहेर बर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उप्रेरणा प्रदान गर्दै संस्था बलियो बनाउनतालिम/प्रशिक्षण, सेवाका उत्कृष्ट कार्य, रिपोर्टिंग लगाएतलाई प्राथामिकतामा राखेर गरेका कार्यले डिष्ट्रिक्ट ३२५ आईलाई नेपाल मात्र नभई विश्वमा उत्कृष्ट डिष्ट्रिक्टका रूपमा आजको मितिसम्म स्थापित भएका छौं‘ ।’

आफ़नो कार्यकालमा गरिने मुख्य कार्यलाई मुख्य चार बुदाँ संक्षिप्तमा उल्लेख गर्दै ढुंगानाले मानवता हाम्रो प्राथमिकता मा आधारित भएर कार्य गरिने बताउदै मानविय सम्मेदनाका कार्य घर देख़ि घाटसम्म अर्थात अन्तिम संस्कारसम्म जोड़िने रहेको बताए त्यस्तै अपाङगता हाम्रो आत्मीयता, हंगर रिलिफ़ साथै लायन्ससँग युथलाई जोड़ने रहेको जानकारी गराए

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार पार्वती पाण्डे खरेलले आफुलाई लायन्स नेताको रुपमा अब्बल साबित गराई सक्नु भएका व्यक्तिको नेतृत्वमा आफु गाईडेड हुने मौका मिलेकोमा गर्व महशुष भएको बताउदै कुशलता, कार्यदक्षता बहु आयामिक नेतृत्वको गुण बोक्नु भएका डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार बिनोद ढुंगानाको जुन अभियान हुनेछ यसलाई पूर्णसफल बनाउन आफूले जानेको, आफ्नो बलबुताले भ्याएसम्म कार्यकाल सफल बनाउनका निमित्त शतप्रतिशत साथ  सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् 

त्यस्तै, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार सूर्यकुमार केसीले गभर्नरले ल्याएका सबै कार्यहरुमा तन, मन, बचन कर्मले लागि पर्ने बताउदै डिष्ट्रिक्ट गभर्नर टिमका तीन जना उम्मेद्वारलाई शतप्रतिशत मतका साथ विजयी गराउन आग्रह गरे

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको अध्यक्षता, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिड़र राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, आईपिड़िजी रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को-अर्डिनेटर अमृतप्रसाद तिवारी, एड़िशनल डिष्ट्रिक्ट सेक्रेटरी प्रेम दाहाल, डिष्ट्रिक्ट पिआरओ हरिॐ शर्मा लामिछाने, लायन्स क्लब अफ काठमांडौं परोपकारका पूर्व अध्यक्ष सुदेश कुमार जोशी लगाएतले गभर्नर टिमलाई शतप्रतिशत भोटको आग्रह गर्दै डिजी टिमलाई शुभकामना व्यक्त गरेका थिए 

यस अघि माघ २६ गते दियालो फ़ुडल्यान्ड काठमांडौंमा डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले भेटघाट शुभकामना लिने कार्य सम्पन्न भएको थियो भने मंगलवार पर्वत र म्याग्दी साथै बुधवार लमजुंग र गोरखा जाने कार्यक्रम रहेको डिष्ट्रिक्ट को-अर्डिनेटर अमृतप्रसाद तिवारीले बताए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected