पोखरा भ्यूज
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानालाई डिष्ट्रिक्ट गर्भनर ट्रेनिङमा सहभागिता जनाउनका लागि गण्डकी क्षेत्रमा रहेका लायन्स लिडरहरूले विदाई गरेका छन्।
लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गर्भनर पदका उम्मेदवार ढुंगाना अमेरिकाको शिकागोमा फ़्रेवरी २६ देख़ि मार्च १ तारिखसम्म हुने डिष्ट्रिक्ट गर्भनर ट्रेनिङको लागि सोमवार बिहान २ बजे अमेरिका प्रस्थान गर्दै छन् ।

आईतवार बिहान डिष्ट्रिक्ट गर्भनर ट्रेनिङमा सहभागिता जनाउन जान लागेका ढुंगानालाई यात्रा सुखमय र उपलब्धिमुलक रहोस भन्ने शुभकामना सहित डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल सहित गण्डकी क्षेत्रमा रहेका लायन्स लिडरहरूले विदाई गरेका हुन्।
त्यस्तै, आजै बेलुकी ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाग्मती एरियाका लायन्स लिडरहरूले बिदाई गर्ने कार्यक्रम रहेको डिष्ट्रिक्ट को-अर्डिनेटर अमृतप्रसाद तिवारीले जानकारी दिए ।

