0Shares

पोखरा भ्यूज
२३ फागुन, धादिङ। कपिलवस्तुबाट काठमाडौं जादैं गरेको यात्रुबाहक बस धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना भई त्रिशुलीमा खस्दा ४ जना यात्रुको मृत्यु भएको छ ।

सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत डीएसपी सन्तुलाल जयसवालले बताए ।

उनका अनुसार दुर्घटनामा परेका ३७ जना यात्रुको उद्धार गरी उपचारका लागि पठाइए छ । केही यात्रु हराइरहेकाले गोताखोरको सहयोगमा उद्दार खोजी कार्य जारी रहेको बताइएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected