0Shares

पोखरा भ्यूज
पोखरा । ‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भैरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ ।
शनिबार दिउँसो १ बजे तथा आइतबार र सोमबार साँझ ५ बजे यो नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । हालसम्म यो नाटक १४ शो मार्फत झण्डै ३ हजार जनाले बुकिङ शो मार्फत हेरिसकेको उनले दावी गरे । पब्लिक शो मार्फत नाटक हेर्न २ सय रुपैयाँ शुल्क लाग्नेछ ।
हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको छ ।
कमेडी जनरामा निर्माण भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ ।
नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको नाटकको निर्देशन परिवर्तले गरेका छन् ।
नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पुर्‍याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ ।
पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected