२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरा महानगरको सातौँ स्थापना दिवसमा विविध कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । दिवसका अवसरमा फाल्गुन २५ गते देखी सरसफाइ, सम्मान, रक्तदान, पोखरा भवन र घट्टे खोला पुलको शिलान्यास लगायतका कार्यक्रमहरू गरिएका छन् ।

नगरपालिका स्थापनाको ६४ औ तथा महानगरपालिका स्थापनाको सातौँ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । महानगरको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत स.कलन भएको हो । दिवसका अवसरमा महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरिएको छ । लामो समय शिक्षण गरेका शिक्षकहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ ।

यस्तै दिवस कै अवसरमा पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् । पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने पनि रहने छ ।

०८२ को घटस्थापनाका दिन उद्घाटनको मिति समेत घोषणा गर्दै प्रमुख आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा जोड दिए । पाँच करोड एक लाख ४६ हजार ५५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको अण्डर ग्राउन्ड पार्किङ समेत हुनेछ । १ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुनेछ । कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अण्डर ग्राउन्ड पार्किङ, भुइतल्लामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभा हल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ ।

पोखरा महानगरपालिका वडा नं.१९ को लामाचौर–माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको पनि आजै शिलान्यास गरिएको छ । पुलको नगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वडा नं.१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले संयुक्त रूपमा शिलान्यास गरेका छन् । रु.२ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १.२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।

खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।

दिवसको समारोह भने पोखरा सभागृहमा सम्पन्न भएको छ । सभालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, कर्मचारी सङ्गठनका प्रतिनिधिहरू लगायतले सम्बोधन गरेका थिए ।

आगामी वर्ष देखी महानगरपालिकाले नगरपालिका घोषणा भएको दिनलाई स्थापना दिवसका रूपमा पौष २ गतेलाई मनाउने छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…