२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

माछापुछ्रे बैंक कर्मचारी संघको अध्यक्षमा वंशीधर घिमिरे

पोखरा । माछापुछ्रे बैंक कर्मचारी संघको तेस्रो अधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन् । शनिवार पोखरामा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर, महासचिवमा तलाश श्रेष्ठ, सचिवमा सञ्जय रानामगर, प्रेमबहादुर भण्डारी र विनय खड्का, कोषाध्यक्षमा हीरा केसी र सहकोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा करुण गौतम, किशोर पन्त, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी र उपेन्द्र कार्की चयन भएका युनियनका संस्थापक अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनले कोशी संयोजकमा रितिका तुलाधर, मधेश संयोजकमा मणिकलाल महतो, बागमती संयोजकमा रोशन पाठक, गण्डकी संयोजकमा सलिना श्रेष्ठ, लुम्बिनी संयोजकमा मानबहादुर गुरुङ, कर्णाली संयोजकमा कर्णबहादुर सिंह र सुदूरपश्चिम संयोजकमा जय पाठक चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले २०४८ सालमा उदारअर्थतन्त्रको जगमा टेकेर स्थापित माछापुच्छ्रे बैंकसँग आफ्नो आत्मिय सम्बन्ध भएको मात्र बताएनन्, वित्तीय स्थिरता र रोजगारी सिर्जनामा बैंकले दिएको योगदानको प्रशंसा पनि गरेका थिए ।

बैंकका अध्यक्ष रोशन केसीले जुनियर कर्मचारीहरुको उन्ननयमा बैंकले ध्यान दिने बताउँदै संस्थालाई सय प्रतिशत योगदान दिनुहोस्, हामी तपाईंहरुलाई सय प्रतिशत नै योगदान दिन्छौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानको लागि सामूहिक प्रयासको खाँचो रहेको उनको भनाइ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थामाथि भएको सुनियोजित आक्रमणले कसैको भलो नगर्ने बताए। कर्मचारीहरुको सुरक्षा र उन्नयनमा बैंक व्यवस्थापन सदैव लागिरहने उनको भनाइ थियो ।

गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार भएको बताए।

नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले पछिल्लो समयका आर्थिक सूचाङ्कहरु सकारात्मक भएको बताउँदै नियमनकारी निकायहरुको निर्देशनलाई अक्षरशः पालना गर्न बैंकहरुलाई आग्रह गरिन् ।

संघका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारी युनियनको छाता संगठन (फिओन) का वरिष्ठ उपाध्यक्ष परशुराम खनाल, बैंकका सहायक महाप्रबन्धक सुवास जमरकट्टेल, फिओनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल इन्भेष्टमेण्ट मेघा बैंक कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारी, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष सीताराम केसी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, संघका महासचिव बिनोदनिधि तिवारी लगाएतले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भएकोआक्रमणको डटेर सामना गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

माछापुच्छ्रे बैंकका कर्मचारीहरुले विकास श्रेष्ठको नेतृत्वमा ८ वर्षअघि कर्मचारी युनियन गठन गरेका थिए ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…