30Shares

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले शिक्षकलाई बिचारबाट बाहिर राख्न नहुने बताएकी छन् । नेपाल शिक्षक संघ गण्डकी प्रदेश समितिको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश प्रतिनिधि सभालाई सम्बोधन गर्दै संग्रौलाले राजनीतिले शिक्षालाई अलग राखेर शिक्षा चल्न नसक्ने बताउदै राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्ने बताएकी हुन् ।

शिक्षण संस्थाबाट राजनीति स्वतन्त्र हुनुपर्छ भन्ने तर्क पनि स्वाभाविक हो तर, पढेकै मान्छेले राजनीति बुझ्ने भएकाले शिक्षक राजनीतिबाट बाहिर बस्न पनि नसक्ने उनको जिकीर थियो लोकतन्त्र प्राप्ति संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउदै मुलुकका शैक्षिक समस्या समाधान एवं समय अनुकुल शिक्षा ऐन जारी गर्नका लागि पार्टी आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन्  

नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष शिरोमणि लामिछानेको अध्यक्षता संघका संघिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्यतामा प्रदेश प्रतिनिधि सभा सम्पन्न भएको हो

सभामा बोल्दै प्रमुख अतिथि गिरीले मुलुक हाँक्ने संघीय शिक्षा ऐन ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउदै तत्कालीन समयमा शिक्षकहरूसँग सरकारले गरेको सहमतिको बुँदा समेटेर शिक्षा ऐन ल्याउनु पर्ने बताए  गिरीले शैक्षिक आन्दोलन, सरकारसँग भएका समझौता, वार्ताका क्रममा भएका सहमति कार्यान्वयन गराउन गरिएका प्रयासका बारेमा प्रकाश पारेका थिए

कार्यक्रममा प्रदेश अन्तर्गत शिक्षक संघका ११ वटै जिल्ला अध्यक्षहरूले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए कार्यक्रममा ८५ स्थानीय तहका अध्यक्ष एवं पदाधिकारी प्रतिनिधिहरू गरी करिव सय ५० बढिको उपस्थिति रहेको थियो । सो अवसरमा अघिल्लो कार्यकालमा प्रदेश संघिय समितिमा रहेका हाल पदिय जिम्मेवारीमा नरहेका शिक्षकहरूलाई सम्मान गरिएको प्रदेश समितिका महासचिव शिव अधिकारीले जानकारी दिए

उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष लक्ष्मीशरण रेग्मी, महासचिव ज्ञानेन्द्र रावल, उपमहासचिवद्वय नारायण तिमिल्सिना र सिता थापा, ट्रेड यूनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्यद्वय बिष्णुमाया भण्डारी  रूद्र सुबेदी, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दीपक रेग्मी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, सम्मानित ब्यक्तित्व भरत लम्साल लगाएतले शिक्षा सङ्ग जोडिएका विभिन्न मुद्धाहरुका बारेमा आफ्ना भनाई राखेका थिए

प्रतिनिधिसभाले संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, महिला उपाध्यक्ष सगुना ढकालको महिला प्रतिवेदन, महासचिव शिव अधिकारीको सांगठनिक प्रतिवेदन, महासचिव (अर्थ) गायत्री आचार्यको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको सभामा प्राप्त हुन आएका सुझावलाई सम्बोधन गरी लिपिबद्वका साथ संघिय समितिमा पठाउने निर्णय गरिएको महासचिव शिव अधिकारीले जानकारी दिए 

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected