२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनु पर्ने माग

पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले बैकको व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुक्रवार भेटेर उक्त माग सहित ६ बुंदे ज्ञापन पत्र पेश गरिएको पोखरा पर्यटनपरिषदका अध्यक्ष पोमनारायण श्रेष्ठद्वारा गभर्नर समक्ष पेश गरेको बिज्ञप्तीमा जनाईएको छ ।

व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैकतथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपुँजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालु पुँजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचारगर्नुपर्ने माग गरिएको उनले बताए । त्यसै गरी व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुटगरिनुपर्ने, पुनर्कर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने र भारतिय मुद्राको डिपोजिट सहज एवम् रु.२०० ररु.५०० को नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु पर्ने माग गरिएको छ ।

जारी बिज्ञप्ती जस्ताको तस्तै सम्प्रेषण गरिएको छ :

च.न. ८५÷०८०÷८१     मिति : २०८०।१२।०९

श्रीमान् महाप्रसाद अधिकारीज्यू
गभर्नर, नेपाल राष्ट्र बैंक
मुलुकको अर्थतन्त्र शिथिल बनेको र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण तथा व्यवसायीहरु परेको अवस्थाबाट गर्भनरज्यू स्वयं जानकार हुनुहुन्छ नै । व्यवसायमा आएको गिरावटकै कारण मुलुकको राजस्व संकलन प्रभावित भई लक्ष्यभन्दा धेरै कम छ । विदेशी मुद्रा आर्जनको प्रमुख मध्येको स्रोत पर्यटन व्यवसाय सुधारोन्मुख छ । सन्तोष मानिहाल्नु पर्ने अवस्था भने होईन ।
पर्यटन व्यवसायले गएका केही वर्षदेखि एकपछि अर्को संकटको सामना गर्नुपरेको छ । कोभिडको माहामारी पछी पर्यटनलाई लयमा फर्काउन रणनितिक रुपमा हामीले सोचेको सन् २०२४ पर्यटकीय सिजन मार्चको अन्तिम हप्तासम्म पुग्दा आशा गर्ने स्थितीमा छैनौ । व्यवसायमा आएको गिरावट र चर्को ब्याजदरकै कारण हामीमध्ये कतिपय पर्यटनकर्मी व्यवसायबाट पलायन भए र कतिपय समयको सोही पदचाप पछ¥याउदै छौं । अधिकांश व्यवसायी व्यवसाय छोड्ने कि गरिरहने भन्ने दोधारको साँधमा छौं । यो स्थितिबाट निकास खोज्न हामीले आफ्नैतर्फबाट भरमग्दुर प्रयास गरिरहेकै छौ । हाम्रो भगीरथ प्रयासको बावजुत पनि समय हाम्रो अनुकुलतामा रहेको छैन । बैंकबाट लिएको ऋण तिर्न वोझ झै लाग्न थालेको छ, मानसिकता नकरात्मक बन्दै छ । त्यसैले यो बेला हामीलाई अविभावक चाहिएको छ । ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको छ । बैंक ऋणको किस्ता र ब्याज नबुझाई हर्जानाको भारी बोक्ने रहर कसैलाई पनि हुदैन। व्यवसाय भएको भए, कारोबार भएका भए र कमाइ भएका भए ऋण तिर्ने मात्रै होइन पोखरा पर्यटनको राजधानी घोषणा संगै व्यवसाय नै विस्तार पनि गर्थ्यौं होला । आर्थिक मन्दीको जर्जरमा व्यवसायी मात्र नभई पर्यटकहरुमा पनि परेको देखिन्छ जस्ले गर्दा पर्यटकीय मुख्य सिजनमा व्यवसाय उठ्न सकेको छैन । रोजगारीको सिलशिलामा दक्ष जनशक्ति वैदेशीनुले एकातर्फ हामीलाई पनि मर्का परेको छ अर्को तर्फ दिइरहेको रोजगारी कटौती गरिरहनु परेको छ । संकटको यो घडीमा सरकारको निती व्यवसायी जिवनरक्षाको लागि सञ्जिवनी बुटी बन्न सक्छ यसैले गर्भनरज्यूले लिने नीति, दिने निर्देशन र गर्ने कामबाटै ब्यवसायिक जीवन र नविनतम उर्जा पाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
हाम्रा मागहरुः
१. व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने ।

२. पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने ३.चालुपुँजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपुँजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने ।
४. व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुट गरिनुपर्ने
५. पुनर्कर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने ।
६. भारतिय मुद्राको डिपोजिट सहज एवम् रु.२०० र रु.५०० को नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु पर्ने ।

नेपाल राष्ट्र बैकले वित्तिय संस्थाहरुलाई मौद्रिक नितीले समेटेका विषयहरु लागु गराउने कडाइ गर्ने निर्देशनको निरंतर खाँचो अनि बाँच र बचाऔ भन्ने अवधारणालाई आत्मासाथ गराउन पर्ने पनि ठानेका छौ । मौद्रिक नितीको समिक्षा गरी व्यवसायी मैत्री वनाउन व्यवसायीहरुको राय सुझाब सम्वोधन हुने गरी नेपाल राष्ट्र बैकले सकरात्मक उपायहरु अवलम्बन गर्ने बिषयमा गण्डकी प्रदेशका व्यवसायीहरुको विश्वास छ । पोखरा पर्यटनको राजधानी घोषणा भए संगै व्यवसायी बचाउने र लगानी सुरक्षित गर्दै नविनतम योजनामा नेपाल राष्ट्र बैकले विशेष प्याकेज ल्याउने विश्वास लिएका छौ । यो संगै यस प्रदेशको साना मझौला तहका सवै व्यवसायलाई बाच्न सक्ने गरी निती ल्याउन जरुरी ठानेका छौ यिनै माग श्रीमान गभर्नर समक्ष प्रस्तुत गर्दै नेपाल राष्ट्र बैकले ल्याउने नितीले “हामी व्यवसायी उठ्न सक्ने छौ, पर्यटकिय राजधानी समृद्धीको ढोका खोल्ले छौ ” भन्ने विश्वास संगालेका छौ ।

पोमनारायण श्रेष्ठ
अध्यक्ष
पोखरा पर्यटन परिषद्

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…