
अन्नपूर्ण, कास्की । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.ले १३औं स्थापना दिवसमा बृहत सरसफाई एवं डस्विन वितरण गरेको छ । संस्थाको सेवा केन्द्र अन्नपूर्ण गाउपालिका–१, नागडाँडामा शनिवार वृहत सरसफाई सहित डस्विन वितरण गरेको सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए ।
नागडाँडा बजारको चोक चोक र पालिकाका वडा नं १, २ र ३ का वडा कार्यालय साथै अन्नपूर्ण गाउँपालिका कार्यालयमा पालिकाका सहकारी बिभाग प्रमुख ठाकुर प्रसाद अधिकारीको रोहवरमा डस्विन राखिएको पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिका कास्कीका सहकारी बिभाग प्रमुख ठाकुर प्रसाद अधिकारीको प्रमुख आतिथ्यता संस्था अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अधिकारीले सहकारीको मर्म र भावना अनुसार संस्था अगाडी बढेकोमा गर्व महशुष भएको बताउदै आउने दिनका चुनौतीलाई पनि संयमित भएर अगाडी बढ्न जेाड दिएका थिए ।
संस्थाका सह–सचिव लक्ष्मी अधिकारीको संचालनमा रहेको कार्यक्रममा सल्लाहकार लाल बहादुर कुवँर, समाजसेवी मनपति भण्डारी, वडा नं ३ का वडा सदस्य कृष्ण प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष मनपति अधिकारी, कार्यक्रम संयोजक खगराज अधिकारी लगाएतले सहकारीका विषयमा आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक अनिल अधिकारीले सहकारीका गतिविधि बारे प्रकाश पारेका थिए । संस्थाको शेयर पुँजी ३ करोड ७० लाख, बचत निक्षेप १३ करोड ९० लाख, ऋण लगानी १४ करोड ८० लाख रतरलता २९% रहेको व्यवस्थापक अधिकारीले जानकारी दिए ।











