‘शारीरिक चोटले भन्दा भावनात्मक चोटले सुन्य बनाइ दिन्छ‘
शोभा ठकुरी / गोरो र चिटिक्क परेको अनुहारमा माटोका दागहरु, जिन्ग्रिंग कपाल, मैलोकपडा, शरिरमा र कपडाहरु भरी सेतै टल्की रहेको बालुवाका कणहरु देख्दा एकजना महिला ठुलै युद्द जितेर आएको जस्तो देखिन्थियो । तर बुझ्दै जादा आफ्नै जिबनसंग हारेकी श्रीमाया पो रहिछिन । जो अझै पनि आफु भित्रको आफैसंग लडि रहेको थिइन । आफैले आफुलाई माया गर्न नसकेकी श्रीमाया हेर्दैमा साँच्चै माया लाग्दी थिइन् । अरुले माया गर्ला र जिबन बाँचौला भन्ने थोरै भ्रम र आाशा पनि हटिसके पछि उनको जिन्दगी प्रेसर कुकर जस्तो गएको थियो । सिठी फालौ त अरुको आगाडी नराम्रो भइने डर, नफालौ त हावा भरिएर कति बेला पड्केर के दुर्घटना हुने हो थाहा थिएन ।
आफ्ने व्यक्तिगत जिबनको समस्य, माइतीको अवहेलना र छिमेकीको अभद्र ब्यबहार अनि संसारमा आफ्ना भन्नेहरुसंगको राम्रो ब्यबाहारको अभाव, बच्चाहरूको पढाइ र हुकाउने बढाउने बोझ र हामी त सानो मान्छे अभाव र दवाब पनि सहनुपर्छ भन्ने उनको सोचहरुले उनी भित्र भित्र यति गुम्सिएकी थिईन् की उनलाई अब बाँच्न भन्दा मृत्यु सुन्दर हुन्छ भन्ने लागिरहेको थियो।
सबैलाई माया गर्नु पर्छ, अरुको दुख बुझ्नु पर्छ, अरुको भलाईको बारेमा सोच्नुपर्छ भन्ने सोचाई राख्ने श्रीमायाको जिवन यसरी परिवर्तन भइदियो की सबै कुराको प्रेसरले गर्दा उनलाई आफ्नो जिबनको अन्त्य नै समस्याको समाधान हो भन्ने लागेर १ छोरा र १ छोरीकी आमा ३६ वर्षिया श्रीमायाले दोर्दी खोलामा आफ्नो जिबनको प्रेसर बिसाउन र आफुलाई अन्त्य गर्न अर्थात् आत्मा हत्या गर्न गइन् । खोलामा हामफाल्दै गर्दा उनका श्रीमानले जोगाउने हर प्रयास गरे तर केहि उपाए नलागे पछी प्रहरीको सहायता लिनु परेको थियो । धन्न उनका श्रीमान र प्रहरीले उनलाई बचाउन सफल भए र अस्पतालसम्म ल्याउन प्रहरीले सहयोग रहयो अस्पतालसम्म आउँदा पनि उहाँको मुखबाट म त जसरी भएपनि मर्ने हो, मलाई कसैले बाँच्न दिएन । कसको लागि किन बाँच्ने म ? म त मर्छु, जसले जे भनेपनि मर्छु भन्दै कराउँदै थिइन् । जव अस्पतालको कोठा नम्बर २ मा बसेर उनिसंग कुरा गर्दै थिए । उनको जिबनको कहानी सूनेर मेरो शरिरमा पनि काडा उम्रीरहेको थियो । समाजको लागि जबर्जस्ति खुसि हुदै उनले आफ्नो जिबन लतारी रहेको महसुस भयो । आशा विहीन, साहरा विहीन, महत्वहीन् भएर जिबन जिउनु भन्दा मृत्यु नैं लाख गुणा सजिलो लागेको थियो उनलाई…..।
आफ्नो श्रीमानको दोश्रो श्रीमतीको रुपमा भित्रिएकी उनको न परिवारमा र समाजमा ख़ुशी, न जिन्दगीमा कुनै रमाइलो नै थियो । बेस्वादको जिन्दगी जिइरहेकी थिइन् उनले । उनको जिबनको कथा कहिले हास्दै त कहिले रुदै अनि विचविचमा कविताबाट पनि सुनाइरहेकी हुन्छिन् । बाल्यकालमा बाबा गुमाएपछि उनले आफ्नो आमा र भाइहरूको लागि आफ्नो पढाई, इच्छा, चाहनालाई तिलान्जली दिएको कुरादेखि जवानीमा गुमाएको आत्मिय सम्बन्ध र घरदेखि मन्दिरसम्मको बसाई अनि र वर्तमान जिबनको यो कालखण्डको भोगाइहरू यसरी सुनाइरहेकी थिइन् की मानौ म उनको कथा रेकड गर्नको लागि तयार भएकी टेप रेकर्डर थिए । बिचबिचमा उनको भोगाईले मलाई पोल्थ्यो । र, कताकता पिडा हुन्थ्यो मलाई र उनका पिडाले मेरो आँखा रसाईरहेको थियो ।
म भाबुक भएको देख्दा उनले भनेकी थिइन । “देख्नुभयो मेडम मैले मेरो ३६ बर्षको भोगाई १ घण्टा सुनाउदा तपाईलाई सुन्न पनि कति गाह्रो भयो भने मैले ३६ वर्ष सम्म भोग्दा मलाई कति गाह्रो भयो होला । त्यसैले मलाइ बाँच्ने चाहना नै छैन” उनले यति भन्दै गर्दा म झसङ्ग भए, ए म त अस्पतालमा पो छु त भन्ने भयो । डाक्टरहरूले चेक जाँच गर्दा र लक्ष्यणहरुलाई हेर्दा कडाखालको डिप्रेसनको लक्षण देखियो । जसलाई भविष्यमा केही गर्न सक्छु होला भन्ने आशा नै छैन, आफु र आफ्नो वरपरको मानिसहरूबाट र आफैबाट कुनै साहरा पाँउछु जस्तो पटकै लागेको छैन । आफ्ना कलिला मुनाजस्ता छोरा छोरी र आफ्नो जिबनको पनि कुनै महत्व छैन । कसैले दिएको सल्लाह पनि गाली र हेपेको जस्तै लाग्छ उनलाई । दुनियाँको लागि नजात्ति धेरै बोल्ने झगडा गर्ने र रूने कराउने कहिले एकान्त्मा बसि बोल्दै नबोल्ने श्रीमाया दुनियाले उसलाई देखिरहेको थियो, तर उनले आफैभित्र हराएको आफैलाई खोज्दै थिइन् ।
यहाँ हराएको श्रीमाया थिएन,,,,,, तर उनको बाल्यकाल थियो, जसले उनको स्वतन्त्रता खोसेको थियो । सिंगो जवानी थियो जसले उनको प्रेम र आत्मीयता खोसेको थियो र आहिले सिङ्गो वर्तमान छ जसले दोषी चस्माले हेरी रहेको छ । यस्तैयस्तै कुरा बिचार गदै र सोच्दैमा उनिसँग बसेर १ घण्टा ३० मिनेट कसरी बित्यो थाहा भएन ।उनको ल्याबको रिपोट पनि आइसकेको थियो ।
अस्वस्थ शारीरिक र मानसिक अबस्थामा उनलाई घर पठाउन असम्भव भएको कारण अस्पतालमा नै राखी उपचार गर्ने निर्णय भयो र डिप्रेसनको औषधी सहितको उपचार सुरु भयो । तर उनिसँग औषधी उपचार त परको कुरा खाजा खानाको लागि पनि पैसा थिएन । होस् पनि कसरी संसारबाट हारेर मृत्यु जित्न हिडेकी उनी उपचारको लागि पैसा चाहिन्छ भनेर बोक्ने कुरै थिएन । श्रीमायाको श्रीमानलाई खाना बस्न र उनको खाना लगायत नि:सुल्क उपचार गर्ने व्यबस्था अस्पताल प्रमुख हेमन्त श्रेष्ठ सरले मिलाउनु भयो र निरन्तरको काउन्सिलिङ, डाक्टरहरुको सफल उपचार र नर्सहरुको हेरचाहले करिब ७ दिनको बसाइपछि सम्पूर्ण कुराहरु नि:शुल्क गरी शारीरिक र भावनात्मक चोटहरुबाट निको भएर बाँकी औषधी घरमा गएर खाने र समयसमयमा अस्पताल आउने बाचा सहित घर फर्किएकी छन् । जाँदा जादै उनले भन्दै थिइन् । “मन खाली हुने गरी कुरा गर्न पाए ख़ुशी लाग्यो । पछि आउँदा म तपाईका लागि कबिता लेखेर आउँछु है ।”
हामीले आशा गरेका छौं उनको दिमागमा भएको प्रेसर हावा ननिस्की पड़्कन भन्दा अगाडी खोलिएको छ । अझै मनमा शङ्का आशङ्का आइरहेको छ की उनले आफ्नो कुराहरू भन्न नपाउँदा र सहारा नपाउँदा उनको टाउकोको सिठीमा उकुसमुकुस भएको हावा बन्द भएर पड्कने त होइन ? यदि त्यो पड्कियो भने उनले बाल्यकालमा जसरी बाबा नहुदा पिडा भोगेकी थिईन् त्यसरी नै उनका छोरा छोरीले त्यो पिडा भोग्ने छ र अर्को श्रीमायाहरुले जन्म लिन्छन् । त्यसैले अरुलाई बाहिरीरुपमा मुल्याकन गरी जोख्नु भन्दा आफ्नो सकरात्मक तुलो समान राखौ र किनकि शारीरिक चोटले भन्दा भावनात्मक चोटले सुन्य बनाइ दिन्छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्व ठकुरी -मनोबिमर्श दाता , HDCS- (नमुना सामुदायिक अस्पताल), मिसेस लमजुंग-२०१७ हुन् ।