२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले न्याय महसूस हुनुपर्ने पनि बताउनुभयो । “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ”, उहाँले भन्न्भयो । राष्ट्रपति पौडेलले अगाडि भन्नुभयो, “संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।”
न्याय आफै हुने वा प्रकट भैहाल्ने कुनै चिज वा वस्तु नभै यो गरिने विषय भएको उल्लेख गर्दै उहाँले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिका हुने हुँदा बार र बेञ्च बीचमा बेलाबेलामा छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले विभिन्न अभाव र समस्या रहेपनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुन सक्ने उहाँको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

लोकतान्त्रिक प्रणाली भित्रनै न्यायपालिका सक्षम हुने उहाँको भनाइ थियो । “ सक्षमताका निमित्त ऊ आफैं निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्याय सम्पादनमा समरुपमता हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…