2Shares

काठमाण्डौं । रोटरी क्लब अफ काठमाण्डौं मेट्रो र हेरिटेजले स्वास्थ शिविर सम्पन्न गरेको छ । क्लबले केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदिहरुलाई निशुल्क स्वास्थ जाँच गरी औषद्यीहरु बितरण गरेको हो ।

दुबै क्लबका सदस्यहरु, रोट्रर्याक सदस्यहरु तथा कारागारका कर्मचारीहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्त्री रोग बिशेषज्ञहरुले उपस्थितमा महिला कैदिहरुलाई बिभिन्न स्त्री रोगहरुको बारेमा जानकारी गराउंदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी दिईएको थियो ।

रोटरी क्लब अफ काठमाण्डौं मेट्रोले यस्ता बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ भने रोटरी काठमाण्डौं हेरिटेज समाजिक कार्यमा होमिनको लागि हालसालै खोलिएको नयाँ रोटरी क्लब हो । यस कार्यक्रमले स्वास्थ जाँच भएका महिला कैदिहरुको स्वास्थमा लाभ भई उनिहरुको आर्थिक, सामाजिक र ब्यक्तिगत जिवनमा पनि सकरात्मक प्रभाव पर्ने क्लबले बिश्वास लिएको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected