अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको कार्यालयमा आइतवार आयोजित १६औं गाउँ सभामा अध्यक्ष बिष्णु बहादुर केसीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।
‘कृषि,पर्यटन, उर्जा र पूर्वाधार: अन्नपूर्ण समृद्धिको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत भएको नीति कार्यक्रम मार्फत गाउँपालिकाको विकासका लागि कृषि पर्यटन, उर्जा र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकासका योजनाहरुलाई मार्ग दर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष केसीले बताए ।

अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउने, दिगो कृषि, पर्यटन र ऊर्जा तथा खेलकुदको विकास गरी स्वच्छ, सफा र सुन्दर पालिकाको पहिचान कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



अध्यक्ष केसीले पालिकावासी जो विभिन्न क्षेत्रमा आफुलाई अव्वल सावित गरेका व्यक्तिहरूको सामूहिक छलफल तथा सरोकारवालाहरुसँग अन्तरक्रियाबाट प्राप्त सुझावहरुलाई नीति, कार्यक्रम र बजेटमा समेटिएको बताएका छन् । नीति कार्यक्रमबाट कृषिको बिकास गर्न बढ़दै गएको रासायनिक मलको प्रयोगलाई नयूनिकरण गर्न कम्पोस्ट मल, गड्यौला मल उत्पादन साथै सो को प्रयोग गरी गुणस्तरिय र अर्गानिक उत्पादनमा जोड दिईने भएको छ । कृषि बीमा कार्यक्रमका बारेमा जनचेतना फैलाउदै कार्यान्वयनमा सहजीकरण गरिने छ ।

एकीकृत सूचना केन्द्रलाई अध्यागमन बिभाग, नेपाल पर्यटन बोर्ड एक्याप लगाएतसँग सहकार्य गरी अन्नपूर्ण आधार शिविरको एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तव्यको पहिचान र पूर्वाधारमा जोड दिइने भएको छ ।
कम लागतमा बढी प्रतिफल दिने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, युवालाई उत्पादन र रोजगार दिने योजनाहरुलाई प्राथमिकता दिएको अध्यक्ष केसी जानकारी दिए ।
पालिकालाई माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउन पशु जन्य बस्तु तथा परिकारको उत्पादन, प्रशोधन, बिबिधिकरण र व्यवसायीकरणमा जोड दिईने उल्लेख छ ।’काम गरेर सिक्छ देखेर विश्वास गर्छ भन्ने नारालाई कार्यान्वयन गर्न व्यवसायिक किसानलाई नमूना पशुपालन फर्मको अवलोकन तथा तालिम कार्यक्रम संचालन गरिने समावेश गरिएको छ ।
पढ़दै कमाउदै कार्यक्रम, जहाँ बिधार्थी तहाँ शिक्षक कार्यक्रम, हाम्रो बिधालय हामी बनाउछौं, बिधालय परिवारसँग गाउँपालिका, शिक्षकलाई सम्मान गरौं बालबालिकालाई माया गरौ, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, बिधालय नर्सिङ कार्यक्रम लगाएतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लगिने निती तथा कार्यक्रममा समावेश गरिएको छ ।
देशको राष्ट्रिय लक्ष्य पुरा गर्दै समृद्ध अन्नपूर्ण गाउँपालिका बनाउने संकल्प गरेका छौं अध्यक्ष केसीले भने, ‘यस संकल्प पुरा गर्न हामी ईमान्दार पुर्वक जवाफदेहीहुदै स्पस्ट नीति र कार्यक्रम सहित अगाडी वढ्नु पर्ने छ । यद्यपी हाम्रो सामु धेरै चुनौतीहरु छन् ।’
चालु आर्थिक वर्षमा संघ सरकारवाट समानीकरण अनुदानमा गरिएको कटौतीका कारण सम्पन्न भएका कतिपय विकासयोजनाहरु दायित्वको रुपमा रहने अध्यक्ष केसीले बताए । उनले भने,’आगामी आर्थिक वर्षका लागि प्राप्त हुने समानिकरण, राजश्व बाड़फाड, विशेष अनुदान लगायत संघ सरकारवाट प्राप्त अनुदान घटेको छ, यस कारण अव हामीले पालिकाको आन्तरिक आम्दानी वढाउदै स्थानीय श्रोतको पहिचान र परिचालन गर्दै जन आकङ्क्षाहरुको सम्वोधन गर्न प्रयत्न गर्नुपर्ने अवस्था रहेको छ ।’
विकासका काममा पछाडी परेका वर्ग र समुदायलाई विकासको मुलप्रवाहमा ल्याउने, उत्पादनशील लगानी अभिवृद्धि गरी रोजगारी विस्तार र उत्पादकत्व वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्ने, पर्यटन विकास र विस्तार गर्ने, वन जङ्गल तथा प्राकृतिक सम्पदाहरुकोसंरक्षण/सम्वर्धन तथा उपयोग गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पुर्वाधारको विकासमा लगानी वृद्धि गर्ने, शुसासन प्रवर्द्धन गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउने र सामाजिक विकासलाई संस्थागत गर्दै पालिकावासिहरुमा आफ्नै गाउँ ठाउँमा रही केही गरौं भन्ने भावना विकास गर्दै अपेक्षित विकासको प्रतिफलहासिल गर्ने जिम्मेवारी स्थानीय सरकारको रुपमा हाम्रो सामु रहेको कुरा निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सभामा पालिका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले सभा संचालन आचारसंहिता पालन सम्बन्धि पढ़ेर सुनाएका थिए ।



