
पोखरा । जोन चेयरपर्सन केसी माया नेपालीले जोन ६ को प्री एडभाईजरी कमिटी मिटिंग सम्पन्न सम्पन्न गरेकी छन् । आइतवार पोखरा-६, बैदामस्थित रोज़मेरी होटलमा सम्पन्न मिटिङमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर दुई, रिजन ३ जोन ६ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा पिस टाउन, पोखरा पेन्गुईन, पोखरा महालक्ष्मी पोखरा आँधीखोलाले बर्ष भरि गरिने कार्यका बारे चर्चा गरिएको थियो ।
जोन चेयरपर्सन नेपालीको अध्यक्षतामा सम्पन्न मिटिंगमा उक्त क्लबका अध्यक्षहरू क्रमश: कान्ती अधिकारी पौडेल, शिव पौडेल, लक्ष्मण आचार्य र पार्वती पनेरूले आफ्नो एक बर्षे कार्यकाल भित्र क्लबले गर्ने गतिविधि बारे छलफल गरिएको थियो ।

मिटिंगमा क्लबको भावी कार्य योजना, जुलाई १ मा डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय शुल्क भुक्तानी, डिष्ट्रिक्ट गभर्नर तथा अन्तर्राष्ट्रिय प्रेसिडेन्टका प्राथमिकतामा रहेका कार्यक्रम, डिष्ट्रिक्टद्वारा प्रकाशित लायन्स वेवसाइट, मोवाईल एप, व्हाटस्एप्स ग्रुप, फेसबुक पेजको प्रयोग, आगामी बर्षको लागी सदस्य “जिरो ड्रप” योजना सम्बन्धमा, अवार्ड तथा यसका मापदण्ड सम्बन्धमा, आगामी बर्षको लागि नयाँ क्लब गठन तथा सदस्यता वृद्वि, क्लबहरूको पदस्थापन, यसको महत्त्व र आवश्यक, जुलाई १ मा हरेक क्लबले आफ्नो चियरीङ गर्ने र कुनै सर्भिसको कार्यक्रम आयोजना गर्ने लगाएतका विषयमा छलफल भएको नेपालीले बताईन् ।

मिटिङमा डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर को–चिफ शुशील पौडेल, रिजन चेयरपर्सन ज्ञानबहादुर राना लगाएतले लायन बर्ष २०२४/२५ मा डिष्ट्रिक्टले ल्याएको कार्यक्रम सफल बनाउन क्लबले खेल्नु पर्ने भूमिकाका बारेमा आ–आफ्ना धारणा राखेका थिए


